बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी शुरु

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०८२, ०९ : ५५
बेगनास तालमा बेपत्ताको गोताखोर द्वारा खोजी शुरु

पोखरा । पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता भएका ब्यक्तिको गोताखोरद्वारा खोजी शुरु भएको छ ।

जेठ २५ गते सांझ  कास्की जिल्लाको पोखरा महानगरपालिका- ३१ माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखा जिल्ला शहिद लखन गाउँपालिका ३ मनकामना बस्ने ४३ बर्षिय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।

श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भए पश्चात खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको हो  ।

प्रतिक्रिया दिनुहोस