बर्दिया । बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
करेन्ट लागेर बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा गरेर दुई जनाएको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बाँसगढी –९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारु रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
आइतबार शाहलाई आफ्नै खेतमा धानको बिउमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो।
त्यसैगरि बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा करेन्ट लाग्दा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०८२, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु