यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०८२, ०६ : २०
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम गरेको छ । 

युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ९० पैसा र बिक्रीदर १८५ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ११ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ २ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । 

त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस