काठमाडौं l नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कार्यविभाजन गरेको छ। २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई संगठनले आज सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार, उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी निरोज श्रेष्ठलाई दिइएको छ। श्रेष्ठलाई काठमाडौं उपत्यका भित्र विद्यार्थी संगठन विस्तार, आन्दोलन सञ्चालन तथा संगठनात्मक समन्वयको मुख्य नेतृत्व दिने निर्णय भएको छ।
बैठकले संगठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्यविभाजन गरिएको बताइएको छ।
बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारीहरू पनि तोकिएको र निकट भविष्यमै संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ।
संगठनले उक्त निर्णयलाई नयाँ ऊर्जा र रणनीतिक धारको रूपमा लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०८२, १९ : ०९
लेखकबाट थप