बेंगलुरु दुर्घटना : भागदौडको घटनामा दुई जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०८२, १६ : ११
बेंगलुरु दुर्घटना : भागदौडको घटनामा दुई जना पक्राउ

नयाँ दिल्ली । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को जितको उत्सव मनाउने क्रममा भएको भाग दौड र मृत्युको सम्बन्धमा बेंगलुरु प्रहरीले दुई अधिकारीहरूलाई पक्राउ गरेको छ । सहर छोड्न खोज्दै गर्दा यी दुई अधिकारीहरू विमानस्थलमा पक्राउ परेका थिए । पक्राउ पर्नेमा आरसीबीका व्यवस्थापन टोलीका निखिल सोसाले र टिमका कार्यक्रम व्यवस्थापनका सुनिल म्याथ्यू हुन् ।

यस घटनामा थप पक्राउ गरिने एक प्रहरी अधिकारीले बीबीसी हिन्दीलाई भने । एफआईआर दर्ता भएपछि र राज्य सरकारले आरसीबी, कर्नाटक क्रिकेट संघ र आरसीबीका कार्यक्रम व्यवस्थापन कम्पनीविरुद्ध कडा कारबाही गर्ने निर्णय गरेपछि यी दुई पक्राउ गरिएको हो ।

यी दुई अधिकारीहरूलाई निःशुल्क पास घोषणा गरेर भीड जम्मा गरेको आरोप छ । कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले हिजो राति तीन संस्थाका अधिकारीहरूलाई पक्राउ गर्नुपर्ने घोषणा गरेका थिए । १८ वर्षपछि आरसीबीले आईपीएल जितेको उत्सवको क्रममा बैंगलोरमा भाग दौड मच्चिएपछि यो निर्णय गरिएको हो ।

पक्राउ परेकाहरूलाई आरसीबीको सामाजिक सञ्जाल ह्यान्डल र वेबसाइटमा विधानसभा भवनदेखि कर्नाटक क्रिकेट सङ्घसम्म टोलीको विजय परेड र रङ्गशालामा निःशुल्क पासको बारेमा जानकारी पोस्ट गरेको आरोप लगाइएको छ ।  

प्रतिक्रिया दिनुहोस