काठमाडौं। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक टिजर नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम्अ धिकारीको लेखन रहेको छ ।
सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।
चलचित्रको छायांकन झापा ,इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम् बङ्गाल र अमेरिकामा गरिएको थियो। चलचित्रमा भारत, मलेसिया, पोल्याण्ड, अष्ट्रिया, बेल्जियम, साउथ अफ्रीका र अमेरिकी कलाकारहरुको समेत अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०८२, १४ : ४०
लेखकबाट थप