किन बिग्रियो मस्क–ट्रम्प सम्बन्ध ? : एकअर्काविरुद्ध आरोप-प्रत्यारोप

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०८२, ०८ : ०७
किन बिग्रियो मस्क–ट्रम्प सम्बन्ध ? : एकअर्काविरुद्ध आरोप-प्रत्यारोप

एजेन्सी । इलोन मस्कले अमेरिकाको सरकारी दक्षता विभाग (डज) छाडेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभेद बढेको छ। पहिले एकअर्काका प्रिय उनीहरू आरोप-प्रत्यारोपमा उत्रिएका छन्। 

सरकारको कर र खर्च विधेयकको कडा आलोचना गरेपछि मस्कप्रति ट्रम्पले असन्तुष्टि व्यक गरेका छन्। 

ट्रम्पले भनेका छन्, 'मस्कलाई विधेयकबारेमा पूरा जानकारी थियो, तर जब विद्युतीय सवारीसाधनको म्यान्डेट कटौती गर्ने कुरा आयो, तब उनले यसको विरोध गरे। म इलोनसँग धेरै निराश छु। मैले उनलाई धेरै मद्दत गरेको छु। अब मलाई थाहा छैन कि हाम्रो सम्बन्ध उस्तै रहनेछ कि छैन।'

उता मस्कले पनि ट्रम्पलाई जवाफ दिएका छन्।  ट्रम्पको आरोपको प्रतिवाद गर्दै मस्कले एक्समा लेखेका छन्, 'ट्रम्पले मबिना चुनाव हार्न सक्थे। यो कृतघ्नता हो।'

अर्को पोस्टमा मस्कले भनेका छन्, 'सरकारले विद्युतीय सवारीसाधन र सौर्य ऊर्जाका लागि छुट घटायो, तर तेल र ग्यास कम्पनीहरूलाई दिने गरिएको सहायता यथावत् राख्यो, जुन धेरै गलत हो।'

प्रतिक्रिया दिनुहोस