यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०८२, ०७ : १८
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६५ पैसा र बिक्रीदर १३७ रुपियाँ २५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ६० पैसा र बिक्रीदर १५६ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ४२ पैसा र बिक्रीदर १८५ रुपियाँ २३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ३३ पैसा र बिक्रीदर १६७ रुपियाँ ०६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ २१ पैसा र बिक्रीदर ८८ रुपियाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ४५ पैसा र बिक्रीदर ९९ रुपियाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ०४ पैसा र बिक्रीदर १०६ रुपियाँ ५१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०१ पैसा र बिक्रीदर १९ रुपियाँ ०९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४३ पैसा र बिक्रीदर ३६ रुपियाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६५ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस