काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसापा) गंगा श्रेष्ठ समूहबाट एकता प्रक्रियामा जोडिएका नेताहरूलाई नेकपा माओवादी केन्द्रले पदीय जिम्मेवारी दिएको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले एकता प्रक्रियामा आएका नेताहरूको पदीय जिम्मेवारी दिने निर्णय गरेको हो ।
जेठ १२ गते माओवादी र नेसपा श्रेष्ठ समूहबिच एकता समायोजन भएको थियो । सोही दिन बिहान बसेको माओवादीको पदाधिकारी बैठकले श्रेष्ठलाई सचिव पद दिने निर्णय गरेको थियो । बाँकी नेताहरूको हकमा पछि सहमति गर्ने निर्णय भएको थियो । शुक्रबारको बैठकले नेसपाबाट एकता समायोजनमा जोडिएका कार्यकारिणी सदस्यलाई केन्द्रीय सदस्य बनाउने नीतिगत निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । साबिक पार्टीको अन्य पदमा रहेका नेताहरूलाई सोही अनुसार पद व्यवस्थापन गरिएको पौडेलले बताए ।
‘बैठकले एकता प्रक्रियामा आएका साथीहरूलाई साबिक पार्टीमा भएको पदीय व्यवस्थापन अनुसार नै जिम्मेवारी दिने नीतिगत निर्णय गरेको छ । नेसपाका कार्यकारिणी सदस्यलाई केन्द्रीय सदस्य बनाउने र अन्य नेताहरूलाई सोपान अनुसार नै जिम्मेवारी दिने निर्णय भएको छ’, उनले भने ।
सचिव गंगानारायण श्रेष्ठले पनि एकता प्रक्रियामा आएका कार्यकारिणी सदस्यहरूलाई केन्द्रीय समिति सदस्य बनाउने नीतिगत निर्णय भएको जानकारी दिए । सोहीअनुसार नेताहरुलाई जिम्मेवारी दिएको जानकारीसहितको सर्कुलर माओवादीले मातहतको कमिटीमा पठाइसकेको छ ।
जिम्मेवारी पाउनेहरु
गंगानारायण श्रेष्ठ – केन्द्रीय सचिव
कल्पना सुवेदी– केन्द्रीय सल्लाहाकार
केन्द्रीय समिति सदस्यहरू
बन्दना सुवेदी (सिन्धुली)
सुरद बहादुर स्याब्तान (सिन्धुली)
अक्कल बहादुर थिब (काभ्रे)
राजेन्द्रकुमार किँराती (संखुवासभा)
खुम्बराज खत्री (उदयपुर)
दुर्गादेवी न्यौपानेभट्टराई (गोरखा)
ज्ञानेन्द्र कुमाल (गोरखा)
रमेश पोखरेल (गोरखा)
शिव सुन्दर शाही (अछाम)
राम कैलास यादव (सर्लाही)
वेद प्रसाद आचार्य (वाँके)
नरेन्द्र नाथ योगी (जुम्ला)
सोविन थिब (मकवानपुर)
महेन्द्र बहादुर शाही (बाजुरा)
बैकल्पिक केन्द्रीय सदस्यहरु
होम कुमारी दोब (काभ्रे)
नहेन्द्र प्रधान (दोलखा)
यस्तै एकता प्रक्रियामा जोडिएका नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजुलाई स्थायी समिति सदस्य बनाउने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, ११ : ०१
लेखकबाट थप