काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहदाको प्रमाणपत्र पेस गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उरुग्वे, डेनमार्क, जिम्बाब्वे, जोर्डन र केन्याका नवनियुक्त राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।
ओहोदाको प्रमाणपत्र पेस गर्नेमा केन्याका मुन्यरी पिटर, जोर्डनका युसुफ अब्देलघानी, जिम्बाब्वेका स्टेला न्कोमो वाहागन, डेनमार्कका रसमस एबिल्डगार्ड र उरुग्बेका अल्बर्टो ए गुआनी छन्।
उक्त समारोहमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो।
नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटेल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ज्येष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ’: राष्ट्रपति पौडेल
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल
‘गीत-संगीतले राष्ट्रिय एकता र भ्रातृत्व बलियो बनाउँछ: राष्ट्रपति पौडेल
‘जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी
बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छ : राष्ट्रपति पौडेल