काठमाडौँ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । साथै गण्डकी प्रदेशको थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
कस्तो रहला दिनभरको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा धेरै वर्षाको अनुमान
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना