विश्व धूम्रपानरहित दिवस

यी हुन् धूम्रपानले स्वास्थ्यमा गर्ने असर

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०८२, ०७ : ३९
यी हुन् धूम्रपानले स्वास्थ्यमा गर्ने असर

डा.प्रकाश बुढाथोकी

विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धूम्रपान गर्ने गरेको पाइएको छ। यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन्। 

विश्वका विभिन्न देशमध्ये नेपाल धूम्र्रपान सेवन गर्नेमा अग्रस्थानमा छ। नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एक पटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको एक अर्को अध्ययनले देखाएको छ। 

अरु त अरु २५ प्रतिशत शहरी क्षेत्रका गर्भवतीले पनि धूम्र्रपान गरेको पाइन्छ । ७७ प्रतिशत भन्दा बढी महिला, ८९ प्रतिशत भन्दा बढी पुरुषद्वारा  कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सेवन गर्ने गरेको अनुमान छ मेरो दुई हजार १३९  विभिन्न कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरमा आएकाको मुख परीक्षण गर्दाको।

अम्मल सुर्तीजन्य पदार्थको सेवन सारा विश्वको लागि टड्कारो समस्या बनिरहेकोमा नेपाल अछुतो रहने कुरा भएन । यसैमा अझ विगत १५ वर्षमा सुर्तीजन्य पदार्थको खपत एकहजार २०० गुणाले बढ्दा उत्पन्न शारीरिक, मानसिक, पारिवारिक, आर्थिक, सामाजिक र वातावरणीय असर सम्झँदा नै कहाली लाग्ने भएको छ। 

यिनै समस्याहरूको समाधानमा सहयोग पु¥याउन सुर्ती सेवनबाट उत्पन्न जटिलताहरू, खतरा, सुर्ती एवं चुरोट उत्पादक कम्पनीहरूको व्यापारिक नीति तथा सुर्ती मन्दविष र कडा लागुपदार्थ हेरोइन, कोकिनको प्रवेशद्वार भएको वारे आमनागरिकलाई जानकारी गराई सुर्ती सेवन निरुत्साहित पारी अहिलेको डरलाग्दो अवस्थालाई कम गर्न वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनद्वारा हरेक वर्ष मे ३१ मा बिश्व धूम्र्रपानरहित दिवस मनाइने गरिन्छ।

धूम्रपान भन्नाले के बुझिन्छ?
सुर्तीजन्य वनस्पति प्रमुखतर्या “निकोटीयना रस्टीका र निकोटीयना टोवाकम”को पात सुकाएर सिधै वा विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरी वा प्रशोधनपछि अन्य तत्वहरू मिलाएर प्याकेटमा राखी बनाइएका चुरोट, विडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खा इत्यादिमा हुने निकोटिन नामक रसायनिक पदार्थलाई कुनै पनि माध्यम चाहे मुख, म्युकोसा, नाक वा छालाबाट होस शरीरले ग्रहण गर्नु वा अवशोषित गर्नुलाई धूम्र्रपानको सङ्ज्ञा दिइन्छ। यो धुवाँ सेवनमात्र नभएर सुर्ती सेवन हो र एक प्रकारले दुव्र्यसन हो।

सुर्ती सेवन कुन कुन रूपमा गरिन्छ त?
सुर्ती धुवाँको रूपमा वा धुवारहितका विभिन्न रूपहरूमा खाने गर्ने गरिन्छ। 
धुवाँको रूपमा – नेपालमा ५५ प्रतिशत नागरिकले धुवाँको रूपमा  सुर्ती सेवन गर्दछन्। आर्थिक हैसियतअनुसार सिगार, चुरोट, विडी, चिलम, तमाखु, ककड, पाइप त्यसैमा अझ घरानीया र बुढाबुढी छन् भने हुक्का, हुकली, चुट्टा, घुम्टीको रूपमा सुर्ती सेवन गर्दछन् । गाउँका महिलाहरू जो बच्चाका आमा हुन्छन् उनीहरूले चुरोट, बिडी उल्टोमुखी सेवन गरेको पाइन्छ। 

 धुवाँरहित रूपमा–हाम्रो मुलुकका ४५ प्रतिशत नागरिकले सुर्ती धुवाँरहित रूपमा प्रयोग गर्दछन् । आजकलका युवावस्था र केटीहरूमा यस्तो रूपको धूम्र्रपान सेवन बढी नै देखिन्छ । यसमा चपाएर प्रयोग गर्ने सुर्ती – पानसँग, सुपारीसँग वा सुर्ती मात्रै जस्तै जर्दा, मावा    मुखमा राखी रस लिने/चुस्ने सुर्ती – जस्तै खैनी, मैनपुरी सुर्ती, नास, निस्वार, सुर्ती र चुन .दाँत गिजा वा मुखका अन्यमा भागमा लेप्ने सुर्ती – जस्तै बजार दाँत सफा गर्न (मंजनको रूपमा) प्रयोग गरिने सुर्ती – जस्तै गुल, गुडाखु, मिश्री, मसेरी र वास÷गन्ध लिने सुर्ती – जस्तै स्नफजस्ता थुप्रै रूप र नामले सुर्तीको सेवन गरेको पाइन्छ नेपालमा।

नकारात्मक असर
एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनेट हरेक वर्ष १ महिना र ५० वर्षमा चार वर्ष घटाउँछ । त्यसैमा पनि धूम्र्रपानकर्ता जति वर्ष बाँच्छ, उक्त समयभर पनि कष्टरहित र गुणस्तरयुक्त जीवन बाँच्न सक्दैन। वरीपरी बस्ने मानिसलाई पनि खराब असर पु¥याउँदछ। 

कुनै पनि एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने पदार्थ धूम्र्रपान नै हो। यसले २५ किसिमका विभिन्न रोगहरू प्रत्यक्ष किसिमले र विभिन्न दुई तिहाइजति क्यान्सरहरू बनाउँछ । सुर्ती सेवनले नकारात्मक असर नपार्ने शरीरको कुनै पनि अङ्ग, तन्तु र रोग नभएको जानकारी छ। 

प्रतिक्रिया दिनुहोस