सोलुखुम्बु । सोलुखुम्बुमा बाँसको भाटा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका-२ चंखिदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राई रहेका छन् । राईको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।
रघुले आफ्नै घरमा प्रेम कुमारलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका उपचारको लागि महाकुलुङ आधारभूत अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्युको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो । रघुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ