काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथालाई विश्वको गौरव भएको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा उनले सगरमाथाको संरक्षण र प्रवद्र्धनका लागि चेतना जगाउन र विश्वभरका पर्यटकलाई नेपालप्रति आकर्षित गर्न सबैले सक्रियता देखाउनुपर्ने बताए ।
मन्त्री पाण्डेले भने, “सगरमाथा हाम्रो पहिचान र गौरव हो । यसले विश्वको ध्यान खिचेको छ । सगरमाथा संवादमार्फत हामीले जलवायु परिवर्तनले नेपाल र विश्वलाई पारेको असरबारे जानकारी गराएका छौँ । सगरमाथाको हिउँ पग्लिँदा नेपाल र हिमवत् क्षेत्र मात्र होइन, समग्र पृथ्वी नै प्रभावित हुन्छ । यो नेपालको मात्र नभई विश्वको साझा समस्या हो ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०८२, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विमानस्थल साँघुरो हुँदा यात्रु छिटो आइपुग्छन्, लगेज आउन ढिलो हुन्छ: मन्त्री पाण्डे
‘पर्यटन विकासमा महिलाको नेतृत्व महत्वपूर्ण’: मन्त्री पाण्डे
सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे
चार देशमा पर्यटन विस्तारबारे छलफल गरेर पर्यटन मन्त्री पाण्डे स्वदेश फिर्ता
चार देशको भ्रमण पूरा गरी पर्यटनमन्त्री स्वदेश फिर्ता
फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह