हेटौँडा । मंगलबार बसेको बागमती मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानले नीति तथा कार्यक्रम स्वीकृत भएको जानकारी दिए । उनले आगामी आर्थिक वर्षको बजेटमा प्रभावकारी ढङ्गबाट समेट्ने गरी नीति कार्यक्रम तयार गरेको जानकारी दिए ।
मन्त्रिपरिषदबाट स्वीकृत भएको नीति कार्यक्रम प्रदेशसभाको बैठकबाट सार्वजनिक गरिने उनले बताए । सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पेस गर्न प्रदेशसभाको बैठक जेठ १४ गते १ बजेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमतीमा आइतबार सार्वजनिक बिदा
बागमती प्रदेश सरकारको प्रवक्तामा कृष्णकुमार तामाङ
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त
बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा