काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समुहबिच पार्टी एकता भएको छ । ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा सोमबार पार्टी एकता घोषणा भएको हो ।
एकता समारोहमा माओवादीका महासचिव देव गुरुङले नेसपा (गंगानारायण श्रेष्ठ) समूह माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरेका हुन् । एकता घोषणामा महासचिव गुरुङले पाँच बुँदे सहमति भएको घोषणा गरेका थिए ।
१. पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद हुनेछ ।
२. नेपाली समाजवाद विशेषको समाजवादी क्रान्तिको कार्यक्रम हुनेछ ।
३. समाजवादी क्रान्तिका लागि अवस्था अनुसार सडक, सदन, सरकार लगायत सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिनेछ । तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र आपसी सहमतिको आधारमा तय गरिनेछ ।
४.पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीको एकरूपताको जनवादी केन्द्रीयता मान्यता अनुसार पार्टी सञ्चालन गरिनेछ । कतिपय सैद्धान्तिक विषय पार्टी महाधिवेशनसम्म छलफल गर्न सकिनेछ ।
५. समायोजन भएका गंगानाराण श्रेष्ठलाई सचिव र अन्यलाई सङ्गठनमा जिम्मेवारी पाएको अनुसार जिम्मेवारी दिइनेछ ।
२०७२ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीबाट अलग भएपछि गठन भएको नयाँ शक्ति नेपाल, सङ्घीय समाजवादी, जसपा नेपाल हुँदै २०७९ सालमा भट्टराईकै नेतृत्वमा नेपाल समाजवादी पार्टी(नेसपा) गठन भएको थियो ।
निर्वाचनपछि माओवादीसँग पार्टी एकता गर्ने पूर्वसहमतिबाट भट्टराई अलग भएपछि श्रेष्ठ समूहले अर्का अध्यक्ष महिन्द्र राय यादवलाई साथ दिएका थिए । २०८० साल चैत ३ गते महिन्द्र–गंगानारायण समूहले माओवादीसँग पार्टी एकता गर्ने तीन बुँदे सहमति गरेको थियो ।
तर महिन्द्र समेत एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार पार्टी पुनर्गठन गरी एकता गर्ने निर्णय गर्यो । एकताका लागि नेसपाले पठाएको विगतको ९ बुँदे आधार पत्रका आधारमा पार्टी एकता गर्ने निर्णय गरेको दाबी गरेका छन् ।
पार्टीबाट अलग भएको १० वर्षपछि श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारिणी सदस्य र करिब सय जना केन्द्रीय सदस्यहरू माओवादी फर्किएको नेताहरूले दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे : प्रचण्ड
माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको हो : नारायणकाजी श्रेष्ठ