काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ गते काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका छन् । आइतबार बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै र राजावादीको आन्दोलनलाई समेत लक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्त्वहरू सलबलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने उल्लेख गर्दै ओलीले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरूले फैलाउने भ्रम चिर्न आग्रह गरे ।
अध्यक्ष ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिए । ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ’, अध्यक्ष ओलीले भने, ‘कसरी कुन संस्था अगाडि लाग्छ, त्यसलाई छाड्दिनुस् । आन्दोलनमा प्रोटोकल सोर्टकलका कुरा हुँदैन । सबै एकैतिर अघि बढ्ने ।’
उनले राजावादीहरू कुनै महान् उद्देश्यका लागि लडिनरहेको पनि बताए । ‘जनता र सरकार मौन बसेको अवस्थाको फाइदा लिएर अनावश्यक फुर्तिफार्ति देखाएका छन्’, उनले भने, ‘यी अक्षता मन्साउने हुन् । ढ्याङग्रो लिएर एमाले मैदानमा उत्रेपछि यी कता कता दुला पस्छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन