काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्ने बताएका छन् । नेता खनालले सबैभन्दा ठुला पार्टी भनिएका कांग्रेस र एमाले समेत आफ्नो पार्टीको स्वार्थ पुरा गर्न भ्रष्टाचार मा चुर्लुम्म डुबेको बताए ।
शनिबार नेकपा (एकीकृत समाजवादी) काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ द्वारा आयोजित पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका गल्तीलाई सच्याउँदै र अनुभवबाट सिक्दै एक्लै चुनाव लड्ने गरी कार्यकर्तालाई निर्देशन दिए । नेता खनालले एकीकृत समाजवादी कांग्रेस र माओवादीसँग सत्ताका लागि मिल्न गएका कारण राष्ट्रिय पार्टी हुन नसकेको समेत स्पष्ट पारे ।
उनले भने, ‘हाम्रो पार्टी राष्ट्रिय पार्टी नहुनुमा काङ्ग्रेस र माओवादीसँग सत्ताको लागि मिल्न गएको गएको र विगतको चुनावमा हाम्रो विचार, सिद्धान्त र लक्ष्यलाई जनतासँग प्रस्ट पार्न नसकेकोले हो ।’
उनले पार्टी नेतृत्वले गरेको गलत निर्णयका कारणले पनि एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेको बताए । नेता खनालले नेकपा एमालेलाई दक्षिणपन्थीहरूले नेतृत्व गरिरहेका कारण त्यो पार्टी अधोगति र पतनको बाटोतिर हिँडिरहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्दा सरकारले ध्यान पुर्याउन सकेन : झलनाथ खनाल
चिनियाँ उपप्रधानमन्त्री र झलनाथ खनालबिच छलफल
पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान
समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू आतङ्कित भएका छन् : नेता खनाल
वैचारिक र सैद्धान्तिक रूपमा सहमत भए माओवादीसँग एकता हुनसक्छ : नेता खनाल
एमालेले दलाल पुँजीवादसँग अँगालो मार्यो: झलनाथ खनाल