आज हुने भनिएको ओली र प्रचण्डबीच भेटबार्ता नहुने

बुधबार, १९ पुस २०७४, १५ : ४४
आज हुने भनिएको ओली र प्रचण्डबीच  भेटबार्ता नहुने

काठमाडौं । पूर्व तयारी अनुसार बुधबार एमाले अध्यक्ष केपी अ‍ोली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गर्ने भनिएको भेटवार्ता आज नहुने भएको छ ।
एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष ओलीको स्वास्थयमा आएको समस्याका कारण आज हुने भनिएको भेटवार्ता नहुने भएको हो ।

दुई नेतावीचको भेटवार्तापछिमात्रै  पार्टी एकता संयोजन समितिको बैठक बोलाउन यसअघि दुवै नेता सहमत भएका थिए । पार्टी एकता गर्न पार्टी एकता संयोजन समितिको बैठक छिटो डाक्नुपर्ने दवाव नेताहरुलाई छ । एकताबारे फरक फरक धारणा आउन थालेपछि माओवादी बैठकमा अध्यक्ष प्रचण्डले एकताबारे शंका नगर्न आग्रह गर्दै आफु र ओलीबीच भेटबार्ता भएलगत्तै एकता संयोजन समितिको बैठक राख्ने बताएका थिए ।

तर, विगत केही दिनयता एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएपछि उनीहरुबीचको भेटबार्ताको समय लम्विएको हो । दुई नेताहरुबीच सैद्धान्तिक रुपमा पार्टी एकता गर्ने भने पनि सगठनात्मक रुपमा सहमतिको खाका नबन्दा एकता घोषणामा ढिलाई हुदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस