जर्मनीको ह्याम्बर्गमा चक्कु प्रहारबाट १७ जना घाइते, एक महिला पक्राउ

एजेन्सी

शनिबार, १० जेठ २०८२, ०७ : ४९
जर्मनीको ह्याम्बर्गमा चक्कु प्रहारबाट १७ जना घाइते, एक महिला पक्राउ

एजेन्सी । उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेशनमा शुक्रबार एक महिलाले चक्कु आक्रमण गरेकी छिन्। स्थानीय समय अनुसार साँझ ६ बजेतिर भएको यस आक्रमणमा १७ जना गम्भीर घाइते भएका छन्।

ह्याम्बर्ग प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३९ वर्षीया जर्मन महिलालाई घटनास्थलबाटै पक्राउ गरेको जानकारी गराएको छ ।

ह्याम्बर्ग अग्नि नियन्त्रण विभागका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार १७ जना घाइते भएका छन्, जसमध्ये केहीको ज्यान जोखिममा परेको छ।
प्रहरीले संदिग्ध व्यक्तिले एक्लै यो काम गरेको र उनको कुनै "राजनीतिक उद्देश्य" नभएको बताएको छ।

उनी मानसिक रूपमा विचलित भएको हुन सक्ने प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथले बताए । 

प्रतिक्रिया दिनुहोस