पूर्वराजा ज्ञानेन्द्र र राजावादी नेताहरूबीच गोप्य भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०८२, २० : २२
पूर्वराजा ज्ञानेन्द्र र राजावादी नेताहरूबीच गोप्य भेटवार्ता

 काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो पटक पनि राजावादी धारका प्रमुख नेताहरूसँग गोप्य भेटवार्ता गरेका छन्। नवराज सुवेदी नेतृत्वको राजावादी समूहले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरेसँगै शाहले बिहीबार सुवेदीसहितका नेताहरूसँग राजधानीको एक होटलमा भेट गरेका हुन्।

भेटमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा राजावादी धारका नेता नेता केशर बहादुर विष्टको उपस्थिति रहेको स्रोतले जनाएको छ। तर, भेटमा के विषयमा छलफल भयो भन्ने कुरा सार्वजनिक गरिएको छैन।

यसअघि वैशाखको तेस्रो साता शाहले नगरकोटमा बसेर यस्तै प्रकृतिका नेताहरूसँग छलफल गरेका थिए। राजावादी आन्दोलनको मुखमा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस