एजेन्सी । कतारले अमेरिकी एयरफोर्स वन फ्लिटका लागि विमान उपहार दिएको छ। अमेरिकाले पनि यसलाई स्वीकार गरेको छ। यद्यपि, यो उपहार स्वीकार गरेकामा आलोचना भइरहेको छ।
विरोध गर्नेमा राष्ट्रपति डोनाल्ड ट्रम्पका केही ठूला समर्थक पनि छन्। पेन्टागनका प्रमुख प्रवक्ता सिन पार्नेलले बुधबार भनेका छन्, ‘रक्षा सचिवले सबै संघीय नियम र विननियमअनुसार कतारबाट बोइङ ७४७ स्वीकार गर्नुभएको छ।’
विमानमा केही परिमार्जन गरिनेछ। यसपछि यसलाई आधिकारिक रूपमा एयरफोर्स वन-द प्रेसिडेन्टको हवाई यातायातका लागि प्रयोग गर्न सकिन्छ।
ह्वाइट हाउसले यो उपहार कानुनी भएको बताएको दाबी गरेको छ। ह्वाइट हाउसले ट्रम्पको कार्यकालपछि नयाँ विमान राष्ट्रपति संग्रहालयमा पठाइने बताएको छ।
राष्ट्रपतिका लागि प्रयोग गर्नुअघि यो कतारी विमानलाई थप सुरक्षा प्रणालीसहित अपग्रेड गर्न लगभग एक वर्ष लाग्न सक्छ।
यसमा आणविक विस्फोट सामना गर्न सक्ने र उडानबीच नै इन्धन भर्ने क्षमता छ। यसको मूल्य झन्डै ४० करोड अमेरिकी डलर हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ जेठ २०८२, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु
भारतले इजरायलसँग आकासमा इन्धन भर्ने ६ वटा विमान किन्ने
अमेरिकामा कार्गो विमान दुर्घटना, सात जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी
अमेरिकामा विमान खस्यो, ४ जनाको मृत्यु