पोखरा विमानस्थलको प्रतिवेदन अपुरो : गोकुल बाँस्कोटा

सफल खबर संवाददाता

बुधबार, ०७ जेठ २०८२, १४ : ४६
पोखरा विमानस्थलको प्रतिवेदन अपुरो : गोकुल बाँस्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लेखा समितिले गठन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदन अपुरो रहेको बताएका छन् ।

बुधबार उक्त प्रतिवेदनमाथि भएको छलफलका क्रममा पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले यस्तो बताएका हुन् । यस्तै उनले समिति सभापति ऋषिकेश पोखरेलले 'उपसमितिको प्रतिवेदनमा फरक मत राख्ने माननीय' भनेर गरेको सम्बोधनमा समेत असहमति प्रकट गरे ।  

‘फरक मत होइन, पूरक मत हो । प्रतिवेदनका विषयमा मेहनत भएको छ तर प्रतिवेदनमा अलिकति केही चिज पुगेन भन्ने हो’, बास्कोटाले भने, ‘तर छानबिनमा के पत्ता लगाउने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ ।

उनले प्रतिवेदनमा बोर्डको बैठकका निर्णयहरू सन्दर्भ सामग्री बन्नसक्ने भएपनि नराखिएको बताए । उनले भने, ‘ती हेर्नुपर्छ । एकातिर महालेखाले बेरुजु भनेको छ । त्यो बेरुजु असुल उपर कसरी हुन्छ भन्ने कुरा ।

उनले २०१४ बाट विमानस्थलको प्रक्रिया सुरु भएर २५ मा आएर विवादको विषय भएको भएको भन्दै २०१४ देखिकै उठाउँदा राम्रो हुने बताए । उनले नेपाल सरकारको स्पष्ट धारणा समेत नआएको भन्दै कसरी विमानस्थल हस्तान्तरण भयो भनेर प्रश्न गरे ।