काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला नियुक्त भएका छन्।
गृह मन्त्रालयले हालका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई मन्त्रालयमा फिर्ता बोलाएर कोइरालालाई विमानस्थल पठाउने निर्णय गरेको हो। करिब नौ महिनाअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक रहेका भट्टराईलाई विमानस्थलको प्रमुख बनाइएको थियो।
मालदार अड्डाका रूपमा लिइने अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भट्टराई नौ महिनामा हिँडिरहँदा जानेहरूको दौडधुपले गति लिँदै थियो । यसबैबीच पाँचथरका सिडिओ कोइरालाले बाजि मारेका हुन् ।
केही दिनअघि नायब सुब्बाहरूबीच विवाद भएको थियो भने एक जना कम्प्युटर अपरेटरबाट थप तनाव उत्पन्न भएको थियो। यो घटनापछि केही नायब सुब्बा र कम्प्युटर अधिकृतको सरुवा भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, ११ : २५
लेखकबाट थप