राप्रपा केन्द्रीय समिति बैठक सुरु

बुधबार, १९ पुस २०७४, १५ : ०१
राप्रपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । निर्वाचनको समीक्षा गर्दै पार्टीको आगामी रणनीति तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको बैठकमा अध्यक्ष कमल थापाले निर्वाचनमा पार्टीले हार व्यहोर्नुपर्नाको कारण र पार्टीको आगामी कार्यभारबारे राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

३ दिनसम्म चल्ने बैठकमा पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्नाका कारणको वस्तुनिष्ठ समीक्षा गरी पार्टीको आगामी कार्यभार तय गर्ने पार्टीका सहायक प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकमा महामन्त्री जयन्त चन्दले पार्टीको संगठनात्मक र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिटमात्रै हात पारेको राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा हार व्यहोरे पनि आफूहरुको एजेन्डाको भने जित भएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस