प्रा.डा.विश्व पौडेल गभर्नर नियुक्त

सफल खबर संवाददाता

मंगलबार, ०६ जेठ २०८२, १९ : २९
प्रा.डा.विश्व पौडेल गभर्नर नियुक्त

काठमाडौँ । सरकारले गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गरेको एक मन्त्रीले जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिबारे छलफल भएको थियो । अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक समेत सहभागी रहेको बैठकमा सहमति जुटेपछि गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढेको हो । 

 

प्रतिक्रिया दिनुहोस