काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन निरन्तर रहने दाबी गरेका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको सरकार बनाउनुको उदेश्य अझै पूरा नभएकाले ०८४ को निर्वाचनसम्मै वर्तमान गठबन्धन कायम रहने दाबी गरेका हुन् ।
कांग्रेस–एमाले ठुलो पार्टी भएकाले गठबन्धनमा कहिलेकाहीँ अनुकूलता र प्रतिकुलता हुने गरेको भन्दै उनले दुई दलले समान हिस्सेदारी खोज्नु स्वाभाविक भएको बताए ।
भट्टराईले वर्तमान सरकार गलत ट्र्याकमा नरहे पनि गति बढाउन भने नसकेको जिकिर गरे । सरकारको आलोचना हुनु स्वाभाविक भएको भन्दै उनले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबीचको सम्बन्ध नबिग्रियोस् भन्नेमा सचेत हुनुपर्ने बताए ।
उनले विभिन्न निकायका प्रमुख नियुक्त गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे । त्यस्तै भट्टराईले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै एजेन्डामा राष्ट्रिय सहमति कायम हुनुपर्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई
सभामुखको निर्देशनपछि पनि संसदमा योगेशले भने– मान्छे मार्ने, गोली ठोक्ने काम हिंसा नै हो