काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
गभर्नर नियुक्ती गर्न दुई दलबिच सकस परेपछि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । त्यस लगत्तै ओली र देउवा भेटवार्ता गर्ने भनिए पनि उक्त भेटवार्ता समेत हुन सकेको थिएन ।
तर, मंगलबार ओली र देउवाबिच करिब एक घण्टा छलफल गरेपछि आजै साँझ मन्त्रिपरिषद् बैठक बोलाएर गभर्नर नियुक्त गर्न ओली सहमत भएका हुन् ।
मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केही जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारले दियो अनुमति
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय