काठमाडौं । महिला टी–२० विश्वकपको एसिया छनोटको सुपर–३ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ११५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् । लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिम्बावेविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा प्रवेश