यस्तो छ सोमबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०८२, १६ : ४६
यस्तो छ सोमबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तर्गत  राष्ट्रिय सभाको अठारौँ अधिवेशनको १० औँ बैठक सोमबार बस्दैछ । बैठक अपराह्न १ः १५ बजेका लागि बोलाइएको हो ।महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन २०८०८१ सभा समक्ष पेस गर्नेछन् ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने पनि कार्यसूची रहेको छ ।

यसैगरी, माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पाण्डेयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस