काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ । आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले २५बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी भएको जानकारी गराउँदै सगरमाथा संवाद समापन गरेकी हुन् ।
सो क्रममा मन्त्री राणाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताइन् । संवादका निष्कर्षको कार्यान्वयन गर्दै उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवश्यक रहेको उनले बताइन् ।
परराष्ट्रमन्त्री राणाले संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उठान गरिने उल्लेख गरिन् । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने साझा प्रतिबद्धताका लागि सगरमाथा सम्वाद ऐतिहासिक फोरम हुन पुगेको उनको भनाइ छ ।
उनले सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने जानकारी दिइन् । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलो पटक सगरमाथा सम्वाद आयोजना गरेको हो । सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ जेठ २०८२, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद
सगरमाथा संवाद सुरु
आजदेखि ‘सगरमाथा संवाद’: १७५ विदेशी पाहुना काठमाडौंमा
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
सगरमाथा संवादमा को-को आउँदैछन् विदेशी प्रतिनिधि ? (नामावलीसहित)