काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार सङ्घको ६८ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले भने- ‘राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्नेछ, निजी क्षेत्रले नेपाली उद्योग तथा व्यापार क्षेत्रको विकासमा पुर्याउँदै आएको योगदान अतुलनीय छ ।
नेपाललाई औद्योगिक उत्पादन तथा निर्यातको नयाँ युगमा लैजान उद्योगी व्यवसायीहरूसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै जाने सरकारको नीति रहेको मन्त्री भण्डारीको भनाइ थियो । साथै उनले औद्योगिक क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी, संरचनात्मक तथा प्रक्रियागत सुधारलाई प्राथमिकतामा राख्ने विषय प्राथमिकतामा रहेको जानकारी गराए ।
उनले मोरङ उद्योग व्यापार सङ्घजस्तो प्रतिष्ठित संस्थाले उद्योग–व्यापार क्षेत्रको सशक्त प्रतिनिधित्व गर्दै राज्य र निजी क्षेत्रबीचको सेतुका रूपमा खेल्दै आएको भूमिकाको सराहनासमेत गरे । नेपालकै ऐतिहासिक पहिलो उद्योग वाणिज्य सङ्घ भएकाले यसले व्यावसायिक हकहित मात्रै नभएर समग्र सामाजिक उत्तरदायीत्वसमेत निर्वाह गरिरहेको मन्त्री भण्डारीले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको व्यापार घाटा घटाउनुपर्छ : मन्त्री भण्डारी
मुलुकको अर्थतन्त्रको सबलीकरणको दिशामा सरकार क्रियाशील छ : मन्त्री भण्डारी
नेपालको फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्न आवश्यक : मन्त्री भण्डारी
समितिबाट ८ महिनासम्म पनि विधेयक पास हुन नसक्नु लज्जाको विषय : मन्त्री भण्डारी
उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी पुरीबीच भेटवार्ता
सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ : उद्योगमन्त्री भण्डारी