एजेन्सी । बिहीबार मध्यरात गाजामा इजरायलले गरेको हवाई आक्रमणमा मारिनेको संख्या कम्तीमा ११४ पुगेको छ।
हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले यो रिपोर्ट गरेका हुन्। १० हप्तादेखि गाजामा राहत सामग्री लान प्रतिबन्ध लगाएको इजरायलले हवाई हमला पनि गरेको हो।
इजरायलले गाजामा पत्रकार प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ।
गाजाकी एक महिलाले बीबीसीलाई सन्देश पठाउँदै बच्चाहरू भोकले छटपटाइरहेको र उनीहरूका आमा उनीहरूलाई केही खुवाउन नसक्दा रोइरहेको बताइन्।
यद्यपि, इजरायली सरकारले गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ। इजरायल र हमासबी ७ अक्टोबर २०२३ देखि युद्ध जारी छ।
युद्धविराम सम्झौता भङ्ग भएदेखि इजरायलले गाजामा धेरै हवाई आक्रमण गरेको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा कम्तीमा ५२,८२९ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ