काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ ६ बजेका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा सरकारका नियमित कामकाजसँगै सचिव बढुवादेखि गभर्नर सिफारिस समिति पुनर्गठनलगायतका विषयमा निर्णय हुने बताइएको छ। आजको बैठकले केही संवैधानिक पदमा नियुक्ति गर्न सक्ने प्रशासन विशेष स्रोतले जानकारी दिएको छ ।
त्यस्तै, गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएपछि नयाँ सदस्य थप्न लागिएको छ। पौडेल आफैँ गभर्नर बन्न राजीनामा दिएका हुन्। उनीविरुद्ध सर्वोच्चमा रिट परेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन