काठमाडौँ । वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर तोकेका छन् । नयाँ महिनाका लागि महिना सुरु हुनुअघि नै ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले जेठ महिनाका लागि यस्तो ब्याजदर निर्धारण गरेका हुन् । तोकिएका ब्याजदर बिहीबारदेखि लागु हुनेछ ।
बैंकहरूले तोकको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ३.०० प्रतिशतदेखि ५.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका बचत निक्षेपको ब्याजदर बढीमा २ प्रतिशत भन्दा धेरै अन्तरमा राख्न नपाउने व्यवस्था छ । यस अनुसार साधारण तथा विशेष बचत खाताका ब्याजदरहरू निर्धारण भएका हुन् ।
बचत खातामा सबैभन्दा अधिकांश बैंकले तल्लो सीमा ३ प्रतिशतमै राखेका छन् । तल्लो सीमा नै सबैभन्दा धेरै भने एनआईसी एसिया बैंकको ३.१० प्रतिशत छ । त्यस्तै, बचत खातामा सबैभन्दा धेरै ब्याजदरको माथिल्लो सीमा एनआईसी एसिया बैंककै ५.१० प्रतिशत रहेको छ । यो खातामा माथिल्लो सीमामध्ये सबैभन्दा कम नेपाल एसबीआई बैंकको ३.२० प्रतिशत रहेको छ ।
त्यस्तै, व्यक्तिगत मुद्दती खातातर्फ ३.०० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीमा तल्लो तहको सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको ३.०० प्रतिशत रहेको छ । तल्लो तहमै सबैभन्दा धेरै ब्याजदर प्रभु बैंकले ५.१० प्रतिशत अफर गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?
पाँच वटा बैंकद्वारा गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित
वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?
६२.०८ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति
वाणिज्य बैंकहरुले कमाए ४७ अर्ब ७९ करोड नाफा
पाँच वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही