सुर्खेत। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताएका छन् । सुर्खेतबाट प्रकाशन हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिकको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएका बताए ।
प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उनले बताए । ‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहीनता बढ्यो,’ उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौं ।’साथै मन्त्री गुरुङले कुनै पनि सञ्चारमाध्यमले जातीय सद्भावमा खलल गतिविधि गर्ननहुनेमा जोड दिए । सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक शीघ्र पारित गरिने उनले बताए ।
अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै उनले ४० हजारभन्दा बढी त्यससम्बन्धी उजुरी दर्ता भएका बताए । सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कसैलाई छुट नभएको मन्त्री गुरुङको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षलाई कटाक्ष गर्न मन्त्रीले संसद्मा सुनाए पीएन क्याम्पसको ०२६ सालको किस्सा
यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गर्योः सञ्चारमन्त्री
सार्वजनिक सेवा प्रशारण संस्थाहरु चाकडी गर्ने संस्थाको रुपमा विकास भयो : सञ्चारमन्त्री
राज्यले गरेको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित होइन : सञ्चारमन्त्री
बीआरआई अनुदानमा लिने पक्षमा सरकार छः सञ्चारमन्त्री गुरुङ
जनताको समस्याप्रति सरकार गम्भीर छ : सञ्चारमन्त्री गुरुङ