काठमाडौं । प्रतिनिधि सभाले प्रि-बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ । आज, भोलि, जेठ १ गते र जेठ दुई गते गरी चार दिन छलफल हुनेछ । चार दिनमा १८ घण्टा छलफल गर्ने गरी समय निर्धारण गरिएको छ । पहिलो दिन आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा छलफल हुनेछ ।
जम्मा १८ घण्टा छलफल हुनेछ । यसमा नेपाली कांग्रेस र नेकपा एमालेलाई ५/५ घण्टा समय पाएका छन् ।माओवादी केन्द्रले २ घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५० मिनेट पाएका छन् ।
एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी नेपालले २० मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट समय पाएका छन् ।
नेपाल मजदुर किसान पार्टीले ५ मिनेट, राष्ट्रिय जनमोर्चाले ५ मिनेट, आम जनता पार्टीले ५ मिनेट र दुई जना स्वतन्त्र सांसदले ५/५ मिनेट पाएका छन् ।हाल सरकारलाई समर्थन गर्ने दलको संख्या ७ छ । यी दलले पाएको जम्मा समय ७६० मिनेट छ । यो १२ घण्टा केही बढी समय हो ।
जम्म समय १०८३ मिनेट छुट्याइएको छ । बाँकी ३२३ मिनेट प्रतिपक्षमा रहेका दलले पाएका छन् । जुन ६ घण्टा भन्दा केही कम हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत-पाकिस्तान युद्धले पार्ने प्रभावबारे समयमै गम्भीर बन्न सरकारको ध्यानाकर्षण
विद्युत प्राधिकरण घाटामा भनिएकोबारे रास्वपाले माग्यो ऊर्जामन्त्रीसँग जवाफ माग
प्रतिनिधि सभा आकस्मिक समय : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
प्रयोगविहीन सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर