हिमपातले अवरुद्ध लिमी-लाप्चा सडक ५ महिनापछि खुल्यो

रासस

सोमबार, २९ बैशाख २०८२, १४ : ०२
हिमपातले अवरुद्ध लिमी-लाप्चा सडक ५ महिनापछि खुल्यो

काठमाडौँ। हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित लिमी-लाप्चा खण्डअन्तर्गत न्यालु लेख खुलेको छ । नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जोर तामाङका अनुसार बाक्लो हिमपातले अवरुद्ध भएको ४,९९० मिटर उचाइमा रहेको न्यालुको सडक पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छयाएपछि खुलाएको हो ।

पुस, मंसिर महिना परेको बाक्लो हिमपातले न्यालु लेख बन्द भएपछि लिमी-लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न पर्यटकहरू र नाम्खा गाउँपालिका-६ का स्थानीयवासीलाई समस्या भएको वडाध्यक्ष तामाङले बताए ।

उनका अनुसार अब लिमी लाप्चा नेपाली भूमिबाट चीनमा रहेको मानसरोवर कैलाशको दूरदर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज भएको छ । वडानम्बर-को लिमीबाट गाउँपालिका केन्द्र र सदरमुकाममा सिमकोट आउजाउ गर्न पनि सहज भएको तामाङले बताए ।

 

प्रतिक्रिया दिनुहोस