अभिनेत्री उषा पौडेलले गरिन् अमेरिकामै राहुलसँग धुमधामका साथ दोस्रो विवाह

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०८२, ११ : १०
अभिनेत्री उषा पौडेलले गरिन् अमेरिकामै राहुलसँग धुमधामका साथ दोस्रो विवाह

बाल्टिमोर (अमेरिका) । चर्चित अभिनेत्री उषा पौडेल र अभिनेता राहुल केसी विवाह बन्धनमा बाँधिएका छन् । अमेरिकी समयानुसार आइतबार दिउँसो यी दुईजना कलाकारले ग्लेन आर्मस्थित हिन्दू बुद्ध मन्दिरमा आयोजित वैवाहिक समारोहमा लगनगाँठो कसे ।

बेहुलाको पहिरनमा ठाँटिएका राहुल र बेहुली बनेकी उषा दुवै विवाह समारोहमा प्रफुल्ल देखिन्थे । दुई साताअघि स्थानीय अदालतमा कानूनी विवाह गरेका यी दुईले अहिले भने हिन्दू धार्मिक विधिअनुसार विवाह गरेका हुन् 

विवाह समारोहमा दुबै पक्षका परिवार, आफन्त र अमेरिकामा बसोबास गर्दै आएका कलाकर्मी उपस्थित रहे । 

प्रतिक्रिया दिनुहोस