समाज रुपान्तरणका लागि बौद्ध धर्म दर्शन पालन गर्नुपर्छ : मन्त्री गुरुङ

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०८२, १५ : ५५
समाज रुपान्तरणका लागि बौद्ध धर्म दर्शन पालन गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रुपान्तरणमा गौतमबुद्धका दर्शनको भरपूर उपयोग गर्न आवश्यक रहेको बताएका छन् ।

सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दर्भिकता’ विषयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले गौतमबुद्धले सिकाएको अहिंसा र शान्तिका माध्यमबाट नेपाललाई विश्व मञ्चमा चिनाउनुपर्ने बताए ।​

​कन्फुसियसले प्रतिपादन गरेको सिद्धान्तबाट चिनियाँ समाज उन्नत भएको, भारतमा पनि आयुर्वेद दर्शनको परिपालनले समुन्नति एवं सत्मार्गमा अग्रसर हुन धेरैलाई प्रेरित गरेको बताउँदै मन्त्री गरुङले बुद्धले देखाएको मार्गमा हिँड्न र दिएको शिक्षा अनुशरण हुनुपर्नेमा जोड दिए ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाल नै हिमाल भएको हाम्रो देशलाई पर्यापर्यटनका साथै उत्तम ढङ्गले अतिथिको  सत्कार गरेर समृद्ध नेपाल निर्माणको सपना साकार तुल्याउन सकिने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस