काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेपालीसहित २६ जनाको ज्यान लिने गरी पहलगाम, कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले आतंकवादले कसैको पनि हित नगर्ने बताए ।
उनले भने, ‘पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनावको अवस्था देखिएको छ। आफ्नो छिमेकी मात्र हैन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनु पर्दछ।’
परराष्ट्र मन्त्रालयले ढिलै गरेर भए पनि हिजो साँझ वक्तव्य मार्फत सार्वजनिक गरेको आतंकवादकाविरुद्धको अडानको स्वागत गरेका छन्। उनले भने, ‘भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु।’
पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धार र सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराए। समग्र परिस्थितिको मूल्यांकन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रूलिङको समेत माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति