काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन्। राष्ट्रपति पौडेलले समवेदना पठाउँदै नेपाललाई भिन्न मतहरूलाई प्रस्ट ढङ्गले आफ्ना विचारलाई राख्ने नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता रहेको उल्लेख गरेका छन् ।
विचारमा कठोर, जीवनशैलीमा सरल, अनि बहसमा निर्भीक प्रदीप नेपाल सम्मानको अपेक्षा नगर्ने शालीन विद्रोही भएर पनि संयोजनकारी भूमिकामा अब्बल नेताका रूपमा आफूले महसुस गरेको पौडेलले बताए ।
राष्ट्रपति पौडेलले राजनीतिमा भन्दा अगाडि नै सञ्जय थापाका नामबाट प्रगतिशील साहित्यका क्षेत्रमा पहिचान बनाइसकेका नेपाललाई विचारभन्दा सिर्जनालाई प्राथमिकता दिने एक इमानदार र निष्ठानवान वामपन्थी भएको बताए
राष्ट्रपति पौडेलले समवेदनामा भनेका छन्– ‘उहाँका ‘नओइलाउने फुल’ (उपन्यास), ‘आकाश गंगाको तीरैतिर’ (उपन्यास), ‘देउमाइको किनार’ (उपन्यास), ‘पूर्वतिर’ (उपन्यास), ‘मुक्त आकाशको खोजी’ (संस्मरण) सहितका सृजनाहरू भावी पुस्ताका लागि मार्गदर्शक भएर रहने मैले विश्वास लिएको छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेल जापानमा
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
‘मुलुकलाई निकास दिन फागुन २१ को निर्वाचन सफल पारौँ’ : राष्ट्रपति पौडेल