काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन्। राष्ट्रपति पौडेलले समवेदना पठाउँदै नेपाललाई भिन्न मतहरूलाई प्रस्ट ढङ्गले आफ्ना विचारलाई राख्ने नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता रहेको उल्लेख गरेका छन् ।
विचारमा कठोर, जीवनशैलीमा सरल, अनि बहसमा निर्भीक प्रदीप नेपाल सम्मानको अपेक्षा नगर्ने शालीन विद्रोही भएर पनि संयोजनकारी भूमिकामा अब्बल नेताका रूपमा आफूले महसुस गरेको पौडेलले बताए ।
राष्ट्रपति पौडेलले राजनीतिमा भन्दा अगाडि नै सञ्जय थापाका नामबाट प्रगतिशील साहित्यका क्षेत्रमा पहिचान बनाइसकेका नेपाललाई विचारभन्दा सिर्जनालाई प्राथमिकता दिने एक इमानदार र निष्ठानवान वामपन्थी भएको बताए
राष्ट्रपति पौडेलले समवेदनामा भनेका छन्– ‘उहाँका ‘नओइलाउने फुल’ (उपन्यास), ‘आकाश गंगाको तीरैतिर’ (उपन्यास), ‘देउमाइको किनार’ (उपन्यास), ‘पूर्वतिर’ (उपन्यास), ‘मुक्त आकाशको खोजी’ (संस्मरण) सहितका सृजनाहरू भावी पुस्ताका लागि मार्गदर्शक भएर रहने मैले विश्वास लिएको छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी वार्ता टोलीले राष्ट्रपति पौडेललाई बुझाए ८ बुँदे माग
राष्ट्रपतिले बोलाए प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक
राष्ट्रपति पौडेलले गरे कन्या पूजा
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
संविधान दिवसले नेपालीको आकांक्षा पूरा गर्न एकजुट हुने प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
संवैधानिक दायारमा रहेर अहिलेको विषम परिस्थितीमा मुलुकलाई कसरी निकास दिन सकिन्छ भन्ने प्रयासमा छु : राष्ट्रपति पौडेल