काठमाडौँ । सांसदहरूले भारत र पाकिस्तानबीच जारी तनावले नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे सरकारसँग जानकारी मागेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले भारत र पाकिस्तानबीचको तनावले आपूर्ति लगायतमा प्रभाव पर्न सक्ने बताए । नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे सरकारले कुनै तयारी गरेको छ कि छैन भन्दै उनले तयारीबारे सरकारले छलफल गर्नुपर्ने र त्यसबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरे ।
नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानमा रहेका नेपालीहरू र नेपाली विद्यार्थीहरूमाथि बढेको जोखिमबारे नेपालले ख्याल गर्नुपर्ने बताए । नेकपा एमाले सांसद सरस्वती सुब्बाले खुला सीमा लगायतका कारणले नेपालमा सुरक्षाको विषयमा हुन सक्ने जोखिमलाई सरकारले ख्याल गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, १२ : ३०
लेखकबाट थप