हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा

सफल खबर संवाददाता

विहीबार, २५ बैशाख २०८२, १४ : ३५
हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म राष्ट्रवादीहरुको आन्दोलन नरोकिने बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई धन्यवाद दिँदै थापाले राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी लिङ्देनको काँधमा पुगेको थापाको भनाइ छ ।

राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् ।

हामीहरु हिन्दु राष्ट्रको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने प्रतिवद्धताका साथ एक ठाउँमा भेला भएका छौ’, थापाले भने, ‘हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न र फुटाउन सक्दैन ।

उनले राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने भन्दै उनले हिन्दु राष्ट्रको पुन:स्थापना गरी आर्थिक सुशासन कायम गने दाबी समेत गरे । कार्यक्रममा राजावादी समूहले जेठ १५ गतेबाट आनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस