काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले भारत-पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेसका सांसद सञ्जयकुमार गौतमले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्’, सांसद गौतमले भने ।
सरकारले समयमै ख्याल गर्न आवश्यक रहेको उनको भनाइ छ । अगाडि थप्छन्, ‘नेपा सरकारले समयमै यस (भारत-पाकिस्तान युद्धले नेपाललाई पार्ने प्रभाव)मा छलफल अगाडि बढाओस् भन्ने आग्रह गर्न चाहन्छु ।’
राजनीतिक दलका शीर्ष नेताहरू पनि यो विषयमा गम्भीर हुन आवश्यक रहेको उनले बताए । राजनीतिक दलका बीचमा राष्ट्रिय विषयमा एकता हुन आवश्यक रहेकोमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १४ : ०७
लेखकबाट थप