काठमाडौं । संघीय संसद्मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्दैछ । राष्ट्रिय सभामा सोमबार २२ जना सांसदले नीति तथा कार्यक्रममाथि सुझाव राखेका थिए । बाँकीले आज राख्नेछन् ।
राष्ट्रिय सभाको क्यालेन्डर अनुसार प्रधानमन्त्रीले आजै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन् । तर, यो विषय अन्तिममा हेरफेर समेत हुन सक्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसद्को संयुक्त बैठकमा सम्बोधनका लागि राष्ट्रपति उपस्थित
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता