रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको कपडा र दुई थान मोटरसाइकलसहित एक तस्करलाई पक्राउ गरेको छ।
तस्करीको सामान र मोटरसाइकलसहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका १ का ३७ वर्षीय राकेश पैसवान रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताएका छन्।
जिल्ला प्रहरीबाट विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका ४ लालबकैया नदीको छेउबाट दुईलाख २३ हजारको अवैध कपडा, नम्बर नभएको दुई थान मोटरसाइकलसहित पासवान लाई नियन्त्रणमा लिएको थियो।
बरामद कपडा, मोटरसाइकलको कुल तीनलाख २३ हजार मूल्यांकनसहित पक्राउ पैसवानलाई आवश्यक कारबाहीको लागि सोमवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
भन्सार छलीको सामानसहित युवक पक्राउ
पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद