काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने घोषणा गरेको छ । सोमबार काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकले आन्दोलन घोषणा गरेको हो ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गरेको थियो । जहाँ एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो । अवाञ्छित गतिविधि गरेको भन्दै आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईँ,रवीन्द्र मिश्र,धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राणा हाजिर जमानीमा रिहा भइसकेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मिश्र अझै पनि प्रहरी हिरासतमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, १५ : ०६
लेखकबाट थप