काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताएका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बस्ती मात्र बनाएर नहुने भन्दै त्यहाँ बस्नेहरूका लागि आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
‘व्यवस्थित आवास बनाउँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा यो भन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ । जग्गा विकास पनि गर्नुछ । न्यूनतम रूपमा मानिसलाई आवश्यक पर्ने आयआर्जन गर्न सक्ने गरी अब बस्ती विकास हुनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।
उनले बस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोतसाधनकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताए । उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवास कम्पनीलाई विशेष महत्त्व दिलाएको पनि बताए ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित बस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
बस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरूमा ध्यान दिँदा राम्रो हुने भन्दे त्यसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिए । ‘जनताको अपेक्षा धेरै छ । कम्पनीमा रहेका कमजोरी हटाएर जनअपेक्षाअनुसार काम गर्नतर्फ ध्यान दिनुहोला,’ उपप्रधानमन्त्री सिंहले भने
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री