काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सरकारले हिजो ल्याएको वार्षिक नीति तथा कार्यक्रमले देशलाई निकास दिन नसक्ने बताएका छन् । उनले नीति तथा कार्यक्रमलाई ‘गाई की त्रिशुल’ को संज्ञा दिएका हस् ।
यसअघिको नीति तथा कार्यक्रमले आयोजना बोलेको भएपनि यस वर्षको नीति तथा कार्यक्रमले राष्ट्रिय गौरवको आयोजना, प्रमुख आयोजना र राज्यले गर्नुपर्ने काम केही पनि उल्लेख नगरेको पौडेलको आरोप छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको नीति तथा कार्यक्रमकेन्द्रित विशेष साक्षात्कारलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रमले बजेटलाई नै ठाउँ छोदिदिएको बताए । उनले नीति तथा कार्यक्रमले सखुी नेपाली र समृद्ध नेपाल बनाउने चित्रण प्रस्तुत गर्न नसकेको टिप्पणी गरे ।
उनले पूराना केही योजनाहरु निरन्तरता दिइएको भन्दै पढ्दै कमाउने कुरा स्मरण गराए । तर, स्वास्थ्यसम्बन्धी कार्यक्रम सकारात्मक रहेको उनको भनाई छ । अरु मन्त्रालयका कार्यक्रम अन्धकारमा ल्याईएको भन्दै यो वर्षको नीति तथा कार्यक्रम नै निरस र पट्यारलाग्दो रहेको पौडेलको टिप्पणी छ । उनले भने,‘भ्रष्टाचार नियन्त्रण र सम्पत्ति शुद्धिकरणको लागि कुनै कार्यक्रम नै छैन । आयोजनाको चित्र स्पष्ट छैन ।
नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले समग्र अर्थतन्त्रलाई सुधार गर्नेगरि र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमतिको प्रकाशमा यो वर्षको नीति तथा कार्यक्रम आएको भन्दै स्वागत गरेका छन् । साक्षात्कारलाई सम्बोधन गर्दै उनले भने,‘नीति तथा कार्यक्रम मूलतः नेपालको संविधान र यो सरकार बन्दाखेरि ७ बुँदे सहमतिको प्रकाशमा, अनि राष्ट्रिय योजना आयोगको १५औँ योजनाको निर्देशनमा तयार भएको छ । आधारभूतमा यो नीति तथा कार्यक्रम वस्तुवादी भएकोले यसमा शंका गर्न जरूरी छैन ।’
नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय समेटिएको उल्लेख गर्दै विरोधको लागि विरोधमात्रै नगर्न विपक्षीहरूलाई सुझाव दिए । उनले भने,‘सरकारले संवाद, सहकार्य र सयोजनाको साथ अघि बढ्छौं भनेको छ। शिक्षा क्षेत्रमा पनि सुधारको घोषणा गरिएको छ । सहकारीको विषयमा पनि राम्रो नीति लिएको छ । सहकारीको सवालमा प्राधिकरण गठनदेखि साना बचतकर्ताको बचत फिर्ता गर्ने कुरा गरेको छ ।’
उनले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विगत बर्सझैँ उच्च प्राथमिकतामा राखेको र कृषकलाई उद्यमशील बनाउने कुरा गरेको सुनाए । उनले भने,‘कृषिको अनुदानको कुरा गरेको छ, अब किसानले सर्वाधिक मूल्य पाउने स्थिति बनेको छ । गरिबी निवारण १५ प्रतिशतमा झार्ने कुरा उल्लेख गरेको छ । समग्रमा यो नीति तथा कार्यक्रमले समाजवादको आधार तय गरेको छ । सिद्धान्तसहित आएको छ । रोजगारीको लागि ठिक ढङ्गले नीति तथा कार्यक्रम बनेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको नाममा राखिने कार्यक्रमलाई अब राष्ट्रको नाममा ल्याईएको छ ।’
उनले मुलुकमा अराजकता र व्यवस्थामाथि चूनौति खडा भएको उल्लेख गर्दै ती चूनौतिलाई सामना गर्न सरकार गम्भीर भएर त्यहीअनुसारको कार्यक्रम ल्याएको स्पष्ट पारे । उनले भने,‘मुलुकमा आर्थिक समाधान गर्नेगरि नीति तथा कार्यक्रम ल्याईएको छ । भ्रष्टाचारको बारेमा शून्य सहनशिलता अपनाएको छ । नीति तथा कार्यक्रम बासी भयो भन्नेहरु नै बासी मान्छे हुन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १६ : २६
लेखकबाट थप